दफा
गिरफतार गर्ने र खानतलासी लिने अधिकार :

कसैले यो ऐनको बर्खिलाप काम कारवाही गरेको वा गराएको वा सो काम गर्न दुरुत्साहन दिएकोछ भन्ने मुनासिव माफिकको कारण देखेमा वा पत्ता लागेमा नायब निरीक्षक वा सो भन्दा माथिल्लो दर्जाको प्रहरी अधिकृतबाट अधिकार पाएको प्रहरी कर्मचारीले सम्बन्धित व्यक्तिलाई गिरफतार गर्न घरजग्गामा प्रवेश गरी खानतलासी लिन र कसूर सम्बन्धी वस्तुहरु कब्जामा लिन सक्नेछ ।